भाइबर साइमनले जिते ‘नेपहपको श्रीपेच’ को उपाधि
फरकधार / १९ असार, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपालको पहिलो हिपहप रियालिटी सो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । गएराति काठमाडौंमा सम्पन्न फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।



उपाधिका लागि भाइबरसँगै काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराईले प्रतिस्पर्धा गरेका थिए ।



उपाधिसँगै भाइबरले १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन्।



यस्तै, दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद सँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए। भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो। 







  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ९:२३:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया