हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समय सीमा तोकेर एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रक्रिया फागुन १३ गते स्थगित भएको थियो ।
संस्थापक समूहको सेयर भएता पनि दोस्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोही आशयका समाचार विवरण सार्वजनिक भएका थिए ।
संस्थापक समूहको सेयर कसरी साधारण सरह कारोबार हुन्छ भन्दै धितो पत्र बोर्डले ‘अहिले लिलामीमा ल्याएको सेयर कुन प्रकृतिको हो र यसको कारोबार दोस्रो बजारमा कसरी हुन्छ भन्ने विषय स्पष्ट पारेर मात्रै लिलामी प्रक्रिया अघि बढाउनु’ भनेर एचआईडीसीएललाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मका लागि भन्दै लिलामी प्रक्रिया स्थगित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।