किर्गिस्तानको लेनिन पिकमा आरोही जिरेलले एकीकृत समाजवादीको झण्डा फहराउने

सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ साना ठूला हिमालको सफल आरोहण गरेका आरोही लालबहादुर जिरेल हिमाल चढ्न किर्गिस्तान जाने भएका छन् । उनले किर्गिस्तानको लेनिन पिक चढ्ने र त्यहाँ एकीकृत समाजवादी पार्टीको झण्डा फहराउने जनाएका छन् ।

एकीकृत समाजवादीको चुनाव चिन्ह कलम अङ्कित झण्डा फहराउने इच्छा राखेपछि उनलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले आइतबार पार्टीको झण्डा हस्तान्त्रण गरेका छन् । नेपालले आरोही जिरेललाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा झण्डा हस्तान्तरण गरेको जनाएका छन् ।

दोलखा जिरीका आरोही जिरेललाई आरोहण सफलताको नेपालले शुभकामना पनि दिएका छन् । 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १०:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया