टेस्ट क्रिकेटमा बुमराहले बनाए नयाँ कीर्तिमान

भारतीय टेस्ट टिमका कार्यवाहक कप्तान तथा तीव्र गतिका बलर जसप्रित बुमराहले नयाँ कीर्तिमान बनाएका छन् । उनले इंग्ल्याण्डसँगको पाँचौं तथा अन्तिम टेस्टमा एकै ओभरमा ३५ रन हान्दै नयाँ किर्तिमान बनाएका हुन् ।

टेस्टको दोस्रो दिन शनिबार बुमराहले ८४ औं ओभरमा स्टुअर्ट ब्रोडलाई ३५ रन प्रहार गर्दै टेस्ट क्रिकेट इतिहासमै एकै ओभरमा सर्वाधिक रनको कीर्तिमान बनाए । ब्रोडले ओभरको पहिलो बलमा चौका, दोस्रो बलमा वाइडसहित पाँच रन, अर्को बलमा नो बलसहित छक्का, फ्रि हिट, तेस्रो तथा चौथो बलमा लगातार तीन चौका, पाँचौं बलमा छक्का र अन्तिम बलमा एक रन खर्चिएका थिए ।

यसअघि वेस्ट इण्डिजका ब्रायन लाराले रोबिन पिटरसन, अस्ट्रेलियाका जर्ज बेलीले जेम्स एन्डरसन तथा दक्षिण अफ्रिका केशव महाराजले जो रूटविरुद्ध एकै ओभरमा २८ रन प्रहार गरेका थिए । जुन टेस्टमा एकै ओभरमा प्रहार भएको सर्वाधिक रन थियो । अब उनीहरूको रेकर्ड बुमराहले तोडेका छन् । 
 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १०:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया