चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीदेखि सुष्मा कार्कीसम्मको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित अन्य ६ जनाले आवेदन दिएका छन् ।  केसीसहित अभिनेत्री सुष्मा कार्की, निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेलले आवेदन दिएका छन् । 

आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । आज थप केही फिल्मकर्मीले आवेदन दिने तयारी गरेका छन् । असार ५ गते सूचना प्रकाशित गर्दै मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, स्नातक उत्तीर्ण गरी फिल्ममा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह पास गरी फिल्म क्षेत्रमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख थियो । 

बिहीबार सञ्चारमाध्यममा अभिनेता केसीको योग्यता र उमेर बाधक भएको खबर आएका थिए । तर, उनले यी दाबी गलत भएको बताउँदै आवेदन दिएका छन् ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ११:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया