स्कटल्याण्डका फुटबल तथा क्रिकेट खेलाडी गोरामको निधन

स्कटल्याण्डका पूर्वफुटबलर तथा क्रिकेटर एन्डी गोरामको निधन भएको छ । रेन्जर्सबाट व्यावसायिक फुटबल खेलेका ५८ वर्षीय गोलरक्षक गोरामको क्यान्सरका कारण निधन भएको हो ।

उनले स्कटल्याण्डको राष्ट्रिय फुटबल टोलीबाट ४३ तथा राष्ट्रिय क्रिकेट टोलीबाट चार खेल खेलेका थिए । ​गोराम स्कटल्याण्डबाट फुटबल र क्रिकेट दुवै खेल्ने एक्ला खेलाडी हुन् । उनले पाँचपटक रेन्जर्सलाई स्कटिस प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

गोराम २०००/०१ को इंग्लिस प्रिमियर लिग जित्ने म्यानचेस्टर युनाइटेडको टोलीका सदस्य पनि हुन् । त्यतिबेला उनी लोनमा इंग्लिस क्लब गएका थिए । 

पछिल्लो समय गोराम वेस्ट अफ स्कटल्याण्ड फुटबल लिग क्लब क्याम्बुस्लाङ रेन्जर्समा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारीमा थिए । उनलाई घाँटीदेखि पेटसम्मको नलीको क्यान्सर भएको पत्ता लागेको थियो । 
   
 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १४:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया