आगलागीमा परेर डाेटीमा तीन पसल जले

डोटी- डोटीको जिल्ला सदरमुकाम सिलगढीमा मंगलबार राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्लाको दीपायल सिलगढी नगरपालिका-६ नाचनथली मोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘मध्यराति एकाएक आगलागी भयो, हामीले पसल जोगाउन पूर्ण प्रयास गर्दा पनि सकेनाैं ।’

विद्युत् लाइन सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको तथा प्रहरीले अहिले साे ठाउँमा मुचुल्का बनाइरहेको र आगलागीबाट भएको क्षति विवरण संकलन गरिरहेको प्रवक्ता धामीले जानकारी दिए ।

नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीपछि अहिले जिल्ला सदरमुकाम सिलगढीको विद्युत् लाइन काटिएका कारण सिलगढी गए रातिदेखि विद्युतविहीन भएको छ ।





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार ११:३४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया