नैरोबीमा आत्मघाती बम बिस्फोट हुँदा १५ जनाको मृत्यु

एजेन्सी– केन्याको राजधानी नैरोबीको एक होटलमा भएको आतंकवादी आक्रमणमा १५ जनाको मृत्यु भएको छ । यो आक्रमण मंगलबार होटल परिसरमा भएको थियो । समाचारका अनुसार आक्रमणकारीले एक आत्मघाती बम विस्फोट गराएका थिए र गोली समेत चलाएका थिए । 

नैरोबीमा पाँच वर्षपछि यस्तो आक्रमण भएको हो । आक्रमणकारी र प्रहरीबीच मुठभेड अझै चलिरहेको सञ्चारमाध्यमले बताएका छन् । 

नैरोबीको एक पाँचतारे होटल ‘डुस्टीडि–२’ मा  उक्त आक्रमण भएको थियो । उक्त भवनमा १०१ वटा कोठा, रेस्टुरेन्ट तथा स्थानीय तथा अन्तर्राष्ट्रिय कम्पनीहरु रहेका छन् । 

आतंकवादी गतिविधिमा निगरानी राख्ने एक जासुसी एजेन्सीको वेभसाइटका अनुसार अल–कायदासँग सम्बन्धित सोमालियाको आतंकवादी संगठन अल–सबाबले यसको जिम्मेवारी लिएको छ । 

यो भन्दा पहिला यो संगठनले २०१३ मा नैरोबीको एक सपिंग कम्प्लेक्समा यस्तै आक्रमण गरेको थियो । 
 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार ११:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया