एमाले सचिवालय बैठकले गर्‍यो १३ केन्द्रीय विभागमा सचिव मनोनीत

प्रमुख प्रतिपक्षी नेकपा एमाले पार्टीका १३ केन्द्रीय विभागमा सचिव मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले सचिवहरु मनोनित गरेको हो । 

बैठकले संगठन विभागमा सम्झना देवकोटा, वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी,  उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, संसदीय विभागमा डा सूर्य पाठक,  श्रम तथा रोजगार विभागमा जनक चौधरी, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा, संघीय मामिला विभागमा शिव गुरुङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्प ज्योति ढुंगाना र कानून विभागमा डिल्लीराम मैनालीलाई मनोनित गरेको छ ।

त्यस्तै स्थानीय तह विभाग सचिवमा हर्क राई, प्रचार तथा प्रकाशन विभागको सचिवमा गगन विष्ट र परराष्ट्र विभागको सचिवमा डा अन्जान शाक्यलाई मनोनित गरिएको एमालेले जनाएको छ । 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १८:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया