डा.केसीको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई चिकित्सक संघको आग्रह

काठमाडौँ- नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई डा.केसीको माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।  

उनले भने,‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरूलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा.केसीको माग सम्बोधन गर्नुहोस् भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ । 

सरकारले कु–सोच राख्न हुँदैन उनले भने,‘आवश्यक प¥यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क छ । 

डा.केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरूको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने,‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरू पनि धरासायी भएका इतिहास छ ।’ 

उनले आफूहरू डा.केसीको पृष्ठपोषक नभएको स्पष्ट पार्दै श्रेष्ठले भने,‘डाक्टर केसीले उठाएका मागहरू त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाइ दिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजिवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्ने पनि बताए । 



वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’

सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा.रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् ।  




 

  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १२:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया