क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यद्यपि कप्तान सन्दीप र आशिफ शेख वैकल्पिक खेलाडीमा रहेका छन् ।
यस अघि नेपालले ओन्टारियोलाई एकदिवसीय खेलमा ६९ रनले पराजित गरेको थियो ।
खेलपछि नेपालले मंगलबार र बुधबार क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ । यसपछि नेपाली टिम आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।