गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् ।
दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले ‘कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको’ सामाजिक सञ्जालमार्फत शर्माले जनाए ।
कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । जसका लागि ३२ देशले छनोट पूरा गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।