सबरीमाला मन्दिर प्रवेश गर्ने दुई महिलालाई पुनः रोकियो
भारतकाे केरलामा अवस्थित सबरीमाला मन्दिर ।

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा अवस्थित सबरीमाला मन्दिरको विवाद पुनः दोहोरोएिको छ । बुधबार बिहान पुनः दुई महिलाले मन्दिर प्रवेश गर्न खोजेपछि त्यहाँ जम्मा भएको भीडले उनीहरूलाई रोकेको छ । त्यसबेला प्रहरी पनि त्यहीँ थियो । ती महिलाले बेस क्याम्प नाघिसकेको अवस्थामा भीडले करिब एक किलोमिटरको दायरमा उनीहरूलाई घेरेका थियो । त्यहाँ करिब २ हजार मानिस उपस्थित थिए । 

ती दुई महिला मन्दिर प्रवेश गर्ने क्रममा प्रहरी त्यहाँ पुगेर उनीहरूलाई गाडीमा हालेर लगेको छ । ती महिलाले मन्दिरको दर्शन नगरी नफर्किने अडान लिएका थिए । महिलाहरूका अुनसार उनीहरूलाई त्यो मन्दिर प्रवेशका लागि ४१ दिन उपवास बसेका थिए । 

ती दुवै महिला एक ९ सदस्यीय समूहमा संलग्न थिए जो मन्दिर दर्शनका लागि गइरहेका थिए । पम्बा बेस क्याम्प पार गरेपछि उनीहरूलाई रोकिएको थियो । उनीहरूमध्ये एक महिलाले पत्रकारसँग भनिन्, ‘यहाँ भगवान् अयप्पा पनि हुनुहुन्छ, उहाँलाई महिलाले मन्दिर प्रवेश गर्दा केही आपत्ति छैन, तर मानिसहरू किन विरोध गरिरहेका छन् ?’

१५ दिनअघि पनि दुई महिलाले साेही मन्दिर प्रवेशकाे प्रयास गरेका थिए । जनवरी २ को दिन सोही मन्दिर प्रवेशको कोसिस गर्ने महिला कनकदुर्गामाथि उनकी सासूले हमला गरेकी थिइन् । यस घटनाबारे अदालतमा मुद्दासमेत दर्ता भएको थियो । कनकदुर्गाका अनुसार मंगलबार बिहान जब उनी आफ्नो घर पुगिन्, उनकी सासूले उनीमाथि लठी प्रहार गरेकी थिइन् । सासूले उनलाई तबसम्म पिटिरहिन् जबसम्म कनकदुर्गा उभिन नसक्ने भइन् । कनकदुर्गाले मन्दिर प्रवेश गरेकोमा उनकी सासू निकै रिसाएका थिइन् । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १२:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया