नेकपाकालीन बहुमत सचिवालय सदस्यबीच भेटवार्ता, के भयो कुराकानी ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालयका बहुमत सदस्यबीच भेटवार्ता भएको छ । 

तत्कालीन नेकपाका सचिवालय सदस्य पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आइतबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेतृत्व तहको छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १९:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया