बैतडीको डिलासैनीले करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने


बैतडीको डिलासैनी गाउँपालिकाले करारमा कार्यरत कर्मचारी र शिक्षकको करार अवधि नथप्ने भएको छ । गाउँपालिकाले ०७८ पुसयता नियुक्त भएका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि काममा नआउन भनेको छ । 

अन्धाधुन्ध रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । कति कर्मचारी र शिक्षक नियुक्त भएका छन्, भन्ने यकिन तथ्यांक नै नरहेको उनको भनाइ छ ।
 
स्रोत सुनिश्चितता नगरी चुनावलाई लक्षित गरेर कर्मचारी भर्ना गरेकाले अहिले पनि कर्मचारीको तलबमा ७७ लाख रुपैयाँ अपुग भएको गाउँपालिकाले जनाएको छ ।
 
यस्तै, गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको गाउँपालिका अध्यक्ष जोशीले बताए । कार्यदलले मूल्यांकन गरेर प्रतिवेदन बनाउने र सोहीअनुसार करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताए ।
 
गाउँपालिकाले दरबन्दीका कर्मचारीहरु लोक सेवा आयोगबाट माग गर्ने नीति लिएको भन्दै अध्यक्ष जोशीले करारमा कर्मचारी राख्ने कुरालाई निरुत्साहित गरिने बताए ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २०:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया