प्रदेश सांसद भिडियो प्रकरण : आफ्नो चरित्रहत्या गर्नेविरुद्ध कानुनी उपचारमा जाने चेतावनी

कर्णाली प्रदेशका सांसद गुलाबजंग शाहले आफूलाई जोडेर केही अनलाइन र सामाजिक सञ्जालमा आएको भिडियो र समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

आइतबार एक महिलाको टिकटक एकाउन्टमार्फत सांसद शाह र ती महिलाको अन्तरंग सम्बन्ध झल्किनेखालको भिडियो बाहिरिएको थियो । उक्त भिडियो आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले प्रविधिको दुरुपयोग गरेर बनाइएको उनको दाबी छ । 

आफूविरुद्ध नियोजित षडयन्त्र गरिएको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो काम तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् । उनले यस सम्बन्धमा कानुनी उपचारमा जाने बताएका छन् । 


 





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २०:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया