कपिल शर्माविरुद्ध अमेरिकामा मुद्दा

भारतका चर्चित कमेडियन कपिल शर्माविरुद्ध अमेरिकामा एक मुद्दा हालिएको छ । उनले त्यहाँ कार्यक्रम गर्ने भनेर गरेको कन्ट्र्याक्ट तोडेको भन्दै उनीविरुद्ध मुद्दा हालिएको हो ।

तर, यो सम्झैता कपिलले यो वर्ष तोडेका होइनन् । उनले त २०१५ मा नै भएको एक सम्झौतामा ६ सो गर्ने भने पनि ५ सो मात्र गरेकाले उनीविरुद्ध मुद्दा हालिएको हो । 

आयोजक कम्पनी साइ युएसए इन्कले आफ्नो सामाजिक सन्जालमा पनि यो मुद्दाको रिपोर्ट सेयर गरेको छ । कपिल शर्माले त्यति बेला गरेको सम्झौता नमानेकाले अब उनीहरुले क्षतिपूर्ति पाउनु पर्ने त्यसमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २२:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया