जाेकाेभिच विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा

सर्बियन स्टार नाेभाक जाेकाेभिच विम्बल्डन टेनिस प्रतियाेगिताकाे क्वार्टरफाइनल प्रवेश गरेका छन् । साविक विजेता जाेकाेभिचले गएराति पुरुष एकलतर्फ डच खेलाडी टिम भान रिजथोभेनलाई ३-१ काे सेटमा पराजित गरे ।

सेन्ट्रल काेर्टमा भएकाे खेल ६-२, ४-६, ६-१ र ६-२ ले आफ्नो  पक्षमा पार्दै  जाेकाेभिचले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । अब उनले सेमिफाइनल प्रवेशका लागि इटालियन खेलाडी जानिक सिनरकाे सामना गर्नेछन् ।

सिनरले स्पेनिस खेलाडी कार्लाेस अल्काराज गार्फियालाई ६-१,६-४,७-६ (८-१०) र ६-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ६:५५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया