जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कासन गरेको छ ।
जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्कासन गरेको हो ।
‘गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरूले गरेको क्रियाकलापमाथि कार्यसम्पादन समितिको निर्णयवाट पार्टीको अन्तरिम विद्यान–२०७७ को परिच्छेद–३ सदस्यता सम्बन्धी व्यवस्था धारा १० को बुँदा २ र परिच्छेद–८ को अनुशासनको कारबाहीको धारा ४९ को बुँदा १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरेको बेहोरा जानकारीका साथ अनुरोध छ,’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महोत्तरी–४ (क) बाट प्रदेश सांसद रहेका यादवले स्थानीय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरूलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्कासन गरेको हो । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्लो सांसद हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।