आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षपछि सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको हो ।
प्रतियोगिता सन् २०२३ को जुन जुलाईमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसँगै क्याफले सन् २०२४ को जनवरी फेब्रुअरीमा गर्ने जनाएको छ ।
यही वर्ष भएको अफ्रिका कपको उपाधि इजिप्टलाई हराउँदै सेनेगलले जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।