अबदेखि दिउँसाे पनि ‘मापसे’ चेकिङ

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मापसे जाँचमा कडाइ गरेको छ । अहिले दिउँसो पनि मापसे जाँच थालेको प्रहरीले रातिको समयमा थप कडाइ गरेको जनाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसो विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोसमेत सुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो ।

मदिरा पिएका सवारीचालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्वाल पार्दै आएको प्रहरीले पाँचपटकसम्म प्वाल परेपछि अर्काे पटक भेटिएमा अनुमतिपत्र नै निलम्बन गर्ने गरिएको जनाएको छ । जाँचमा दैनिक करिब ८० देखि सयजनासम्म मापसे गरेर सवारी चलाउँदै आएका चालक भेटिने गरेको छ । अबदेखि दिउँसो पनि यस्तो जाँच थालेपछि सङ्ख्या बढ्ने ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १३:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया