राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय दर्शन र सन्तोष अस्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टाेलीका दुई सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन् । फरवार्ड दर्शन गुरुङ र मिडफिल्डर सन्तोष तामाङ अस्ट्रेलिया गएका हुन् ।

पछिल्लो समय नेपाल छाडेर अस्ट्रेलियामा भविष्य खोज्न जाने नेपाली फुटबल खेलाडीको क्रम बढिरहेको छ । त्यसमा दर्शन र सन्तोष पनि थपिएका हुन् । 

दर्शनले एएफसी एसिया कप छनाेटअन्तर्गत जेठ अन्तिम साता कुवेतविरुद्ध गोल गर्दै इतिहास बनाएका थिए । दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका उनले कुवेतविरुद्ध दोस्रो हाफको थप गरिएकाे समयमा गोल गर्न सफल भएका थिए ।

याे कुवेतविरुद्ध ४० वर्षपछि नेपालले गरेकाे गोल थियो । उनले न्युराेड टिम (एनआरटी) बाट `ए´ डिभिजन लिग खेलेका थिए । चार वर्षअघि राष्ट्रिय टाेलीबाट डेब्यू  गरेका सन्ताेषले नेपालका लागि १६ खेल खेलिसकेका छन् ।

उनले गत वर्ष विभागीय टोली त्रिभुवन आर्मी  क्लबबाट `ए´ डिभिजन लिग खेलेका थिए । याे वर्ष मात्र राष्ट्रिय टोली छाडेर अस्ट्रेलिया जाने खेलाडीको संख्या चार पुगेकाे छ । यही वर्ष आशिष लामा र सुमन लामा अस्ट्रेलिया गएका थिए ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १०:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया