\
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा सोमबारदेखि सुरु हुँदैछ । अर्थमन्त्री र मुख्यमन्त्री बीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि सोमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशन समेत अटेर गरी बरालले उक्त कार्यक्रम नियत बस छुटाएका थिए । त्यसपछि सरकारले नै संसद स्थगित गरेको हो । लामो समयको छलफलपछि अर्थमन्त्रीले छुटाएको कार्यक्रम अर्थ विविध शीर्षकबाट राख्न राजी भएका हुन् । बरालले अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड रुपैयाँ राखेका छन् । हरेक वर्ष उक्त कार्यक्रममा ७२ करोड विनियोजन हुने गरेको थियो । अहिले भने कार्यक्रम परेन ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाममा नभए पनि नाम फेरेर कार्यक्रम राख्न सहमत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बरालले उक्त कार्यक्रम केन्द्रीकृत मानसिकताको उपज भएको भन्दै नियत बस हटाएको बताएका थिए । चौतर्फी दबाब थेग्न नसकेपछि उनले कार्यक्रम राख्न सहमति जनाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।