विनोद शाही मृत्यु प्रकरण : अदालत परिसरमा तनाव, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

अछामको जिल्ला अदालतमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि सोमबार अश्रुग्यास प्रहार गरिएको हो । 

अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशलप्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिँदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको भनाइ छ । 

मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए । विनोद २१ जेठको बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । 

उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । 

मेयर चलाउनेसहितसातजना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार रहेको जनाएको छ । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १२:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया