महानगरले भिक्षा माग्न निषेध गर्‍यो, सडक-गल्लीमा भने माग्नेको भिड उस्तै [फोटो फिचर]

हालै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने जनाएको थियो । महानगरले नगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिक्षा माग्न निषेध गरेको हो । त्यस्तै, बालबालिकालाई पनि रकम वा ज्याला दिएर माग्न दुरुत्साहन नगर्न तथा नगराउन समेत आग्रह गरेको थियो । 

महानगरले सूचना प्रकाशित भएको १० दिनभित्रमा भिक्षा नमाग्न र माग्न नलगाउन भनेको हो । उक्त सूचनाले तोकेको १० दिन आउन अब एक साताभन्दा कम छ । तर, काठमाडौंका सडकपेटी, मन्दिरलगायत सार्वजनिक ठाउँमा माग्नेहरूमा भने कमी आउन सकेको छैन । 

असाहय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको जनाउँदै आश्रमको सेवा आवश्यक परेमा काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न सूचनामा भनिएको छ । तर, दृष्टिविहीनदेखि बालबालिकासम्मले सडकमा भिख मागिरहेका छन् ।

सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही गर्ने महानगरको तयारी भएपनि त्यसको प्रवाह नगरी सार्वजनिक ठाउँमै भिख माग्नेको भने कमी आउन सकेकाे छैन । 

हेरौं केही तस्बिर

सुन्धारा काठमाडौं मल अगाडि एक वृद्धा



कोटेश्वर बिच सडकमा बच्चा काखमा च्यापेर भिख माग्दै एक महिला

सुन्धारामा एक दृष्टिविहीन



संकटा मन्दिरमा माग्न बसेका महिला

विसालबजार अगाडि सडकमा एक वृद्धा

महांकाल मन्दिर

  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १३:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया