मधेस प्रदेश : उपसभामुख देवको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन

मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानबिनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख यादवले उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेका हुन् । 

लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आवाज प्रदेशसभामा उठाएपछि सभामुख यादवले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति बनाएका हुन् । 

समितिको सदस्यहरुमा प्रदेश सभा सदस्यहरु विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका छन् ।

समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालालगायत विषयमा अनुगमन तथा छानबिनका गरी १५ दिनमा प्रदेशसभामा प्रतिवेदन पेस गर्नेछ ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १७:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया