हुम्लामा हिँड्दाहिँड्दै एक महिलाको मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । 

ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् । प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।

आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको आजै अन्तिम संस्कार गरिएको छ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १८:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया