विश्वविद्यालयमा तालाबन्दी हुन नदिन सरकार सचेत छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले राखेको धारणा जायज रहेको बताए । 

मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीले पठनपाठनसम्बन्धी उठाएका अन्य मागको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए । सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतमा लगाइएका ताला खुलेको पनि स्मरण गराए । 

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहोर्याए । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १८:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया