माओवादी केन्द्रीय कमिटी बैठकः पदाधिकारी र स्थायी कमिटी टुंग्याउन माग

नेकपा माओवादी केन्द्रको सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग गरिएको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।

सोमबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकमा आज ४१ जना नेताहरूले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेमा विशेष कुरा उठेको बताए ।

आइतबार केन्द्रीय समितिको मिटिङमा अध्यक्ष  प्रचण्डले राखेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि आज नेताहरूले आफ्नो धारणा राखेसँगै बहसको कार्यक्रम सम्पन्न भएको बताए । उनले मंगलबार अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिनेछन् ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २०:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया