अर्थ मन्त्रालय सिसिटिभी फुटेज प्रकरणः यसरी ‘रिकभर’ गर्न सकिन्छ मेटिएको फुटेज

बजेट बनाउने बेलाका सिसिक्यामेरा फुटेज मेटिएको गैरजिम्मेवार जवाफ अर्थ मन्त्रालयले दिएको छ । जेठ १४ गते राति आर्थिक वर्ष ०७९–०८० को बजेटलाई अन्तिम रूप दिने बेला अर्थमन्त्री जनार्दन शर्माले पूर्वनायब सुब्बा रघुनाथ घिमिरेसहित अनाधिकृत मानिसलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजश्वका दर हेरफेर गरेको आरोप लागेको थियो ।

अर्थमन्त्री शर्माले भने बजेट बनाउने बेलामा मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्तिको प्रवेश नभएको भन्दै आरोपको सार्वजनिक प्रतिवाद गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने संसदमा उनको जवाफको समय सदन बहिष्कार नै गरेको थियो । साथै एमालेले उनको राजीनामा पनि माग्दै आएको छ । सोमबार नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले पनि अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । 

यही विवादबीच उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद घिमिरेले बजेटलाई अन्तिम रूप दिने समय (०७९ जेठ १४ गते अपराह्न ४ बजेदेखि जेठ १५ गते बिहान ६ बजेसम्म)को सिसिक्यामेरा फुटेज माग गर्दै अर्थ मन्त्रालयमा निवेदन दिएका थिए ।

उनले असार १४ ’सिसिक्यामेरा फुटेज पाऊँ’ भन्दै अर्थ मन्त्रालयमा दिएको निवेदनउपर आइतबार मन्त्रालयले जवाफ दिँदै उक्त सिसिक्यामेरा फुटेज मेटिँदै गएको बताएको छ ।

यसैवबीच मेटिएको सिसिटिभि फुटेज रिकभर गर्न सकिने बारेमा प्रविधि विज्ञहरु राय दिइरहेका छन् । मेटिएको फुटेज रिकभर गर्ने केही चलनचल्तिका एपहरुको बारेमा यहाँ उल्लेख गरिएको छ । 



जिटी रिकभर 

प्रयोगकर्ताहरूले यो एपमार्फत स्क्यान गरेर मेटाइएका फाइलहरू रिकभर गर्न सक्छन् । डाटा रिसेट भयो वा डिलिट गरियो भने पनि यो एपले मेटाइएका फोटो र भिडियोहरू रिकभर गर्छ । जिटी रिकभरी एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । 



डिस्क डिगर फोटो रिकभरी एप 

यो एप मार्फत प्रयोगकर्ताले सजिलै मेटिएका फोटो, भिडियो र फाइलहरू रिकभर गर्न सक्छन् । यस एपबाट मेमोरी कार्डबाट डिलिट भएको डाटा सजिलै गर्न सकिन्छ । यो एपबाट रिभर गर्न स्मार्टफोन अथवा डिभाइस रुट गर्नुपर्दैन ।

ब्याकअप एण्ड रिस्टोर

यस एपको सहायताले डिलिट भएका म्यासेज, तस्बिर, भिडियो, अडियो रिकभर गर्न सकिन्छ । यो एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।

  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २०:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया