माओवादी केन्द्रीय समिति बैठक : प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका विषयमा स्पष्टीकरण दिने कार्यसूची छ ।

आइतबार र सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यले प्रतिवेदनमाथि विभिन्न प्रश्न उठाएका थिए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । 

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् । 

सोमबारको बैठकमा  ४१ जना नेताहरूले भाग लिएका थिए ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ६:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया