कांग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा छलफल हुनेछ ।

भ्रातृ संस्थाको विधानबाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी नहुने बताइएको छ ।

पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बस्ने बुझिएको छ ।

बैठकमा विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले बताइन्  ।   





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ७:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया