पवन कार्कीको संयोजकत्वमा अखिल क्रान्तिकारीको समानान्तर समिति गठन [सूचीसहित]

प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रीय समितिको बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा विधानविपरीत पदाधिकारी चयनदेखि केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समयदेखि असन्तुष्ट कार्की समूहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।

सो समूहले १ सय ९७ सदस्य केन्द्रीय आयोजक समिति गठन गर्दै प्रदेश–१ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बागमती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्बिनी प्रदेशमा विनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदूरपश्चिममा सिके भट्ट र विशेष प्रदेशमा सञ्जीव कार्कीलाई इन्चार्ज–संयोजक तोकेको छ ।

सो समूहका उपदेश यादवका अनुसार झण्डै २ दर्जन केन्द्रीय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन् । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिए ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ९:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया