जनशक्ति थपेर सरसफाइ गर्दै काठमाडौं महानगर, प्रहरीलाई बनाइयो समूह कमाण्डर [तस्बिरहरू]
तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो । यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । अब ८ सय कर्मचारी महानगरको नियमित सरसफाइमा खटिने छन् । 

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ ।

सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । ‘रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरूको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै, तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’  

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक/एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ । यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटविरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् । 

हेराैँ केही तस्बिर :





 

  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ११:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया