पाकिस्तानका सेना प्रमुखले भने- कमाण्डर र सेनाका अधिकारी राजनीतिबाट अलग रहनू

पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले देशका कमाण्डर र अन्तर–सेवा खुफिया (आईएसआई) सँग सम्बन्धित व्यक्तिसहित अन्य प्रमुख अधिकारीहरूलाई राजनीतिबाट अलग रहन र राजनीतिज्ञहरूसँग अन्तरक्रिया नगर्न निर्देशन दिएका छन् ।

पाकिस्तानको राजनीतिमा सेनाले हस्तक्षेप गर्ने आरोप लागिरहेका बेला सेना प्रमुखको यस्तो भनाइ आएको हो । पाकिस्तानी सेना  पञ्जाबमा आगामी उपचुनावलाई प्रभाव पार्न र पीटीआईलाई नोक्शान पुर्‍याउन राजनीतिक ‘डिजाइन’मा संलग्न रहेको विवरण सार्वजनिक भइरहेका बेला सेना प्रमुखको भनाइ सार्वजनिक भएको द न्युज इन्टरनेसनलले जनाएको छ । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री पीटीआई प्रमुख इमरान खानले पनि आफ्ना पार्टीका केही उम्मेदवारहरूले आफूलाई अज्ञात नम्बरबाट टेलिफोन कल आएको गुनासो गरेको दाबी गरेका छन् । 

खानले आफ्नो पार्टीका नेता र कार्यकर्तालाई उपचुनावलाई ‘डिजाइन’ गर्न दबाब दिइएको बताएका छन् ।
 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ११:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया