संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औँ प्राज्ञ–सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताएका हुन् । 

उनले अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन प्रवद्र्धन हुने बताए । उनले नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै सांस्कृतिक विविधता नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको बताए । 

उनले सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फुलहरूको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकारको दृढ रहेको उल्लेख गरे । 

'संविधानमा समेटिएको भाषा तथा संस्कृतिसम्बन्धी हक, अधिकारको पूर्ण कार्यान्वयन गर्दै मुलुकमा सबै जात, जाति तथा समुदायको भाषा, संस्कृतिको विकास गरी नेपाललाई विभिन्न रंगिचंगी फुलहरूको सुन्दर फूलबारीको रुपमा विकास गर्न सरकार दृढ संकल्प छ’ उनले भने ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र सम्वर्द्धनमा कलाकार र साहित्यकारहरूको अमूल्य योगदान रहेको बताए । उनले कलाकारहरुको प्रतिभालाई राष्ट्रिय हितमा परिचालन गर्नका लागि जोड दिनुपर्ने बताए । कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्ने उनले बताए । 



'कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानले अगाडी बढाएका कार्यमा सरकारले आवश्यक सहयोग उपलब्ध गराउने कुरामा आश्वस्त गराउन चाहन्छु’ उनले भने ।



  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १३:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया