बिएन्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईंको धम्कीप्रति महास‌ंघको आपत्ति

काठमाडौं– नेपाल पत्रकार महासंघले इलाम शाखाका सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको महासंघकाका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

महासंघ इलाम शाखाका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै केही दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीलाई बिएन्डसी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति भेट्न आएको विषयमा टेलिफोनमार्फत बुझ्न खोज्दा अस्पतालका सञ्चालक प्रसाईंले भट्टराईलगायत पत्रकारलाई गालीगलौज गर्दै धम्क्याएका थिए । 

स्वतन्त्रतापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई विनाकारण गालीगलौज गर्दै धम्की दिइएको घटना प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघको ठहर छ । महासंघले प्रेस स्वतन्त्रताविरोधी कार्यको घोरभर्त्सना गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षसँग माग गरेको छ । 
 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १५:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया