गृहमन्त्री भन्छन् - प्रदेश प्रहरीको अधिकार कटौती गरिएको छैन
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् । 

बैठकमा गृहमन्त्री खाणले भने :

राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो । जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन्, त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ । सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । काठमाडौं एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो ।

नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुपर्‍यो । अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ । 
यसबीचमा नेपालमा दुई देशका राष्ट्रप्रमुख आउनुभएको थियोे । त्यसको सुरक्षामा १० हजार जनशक्ति परिचालन गर्नुपर्‍यो । त्यो किन गरियो भने नेपाल सुरक्षित गन्तव्य हो । अन्तर्राष्ट्रिय चासो र विश्वसनीयता पनि बढेर जान्छ भन्ने थियो । 

बाटोमा एउटा पनि कालोझन्डा देखायो भने संसारभर सूचना त्यही बन्छ, फलानो देशको राष्ट्र प्रमुख गयो र कालोझण्डा देखाइयो । सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १३:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया