विम्बल्डन आयोजकलाई महिला टेनिस संघको जरिवाना

महिला टेनिस संघले रुसी र बेलारुसी खेलाडीलाई प्रतिबन्ध लगाएको भन्दै विम्बल्डन टेनिस प्रतियोगिता आयोजकलाई जरिवाना गरेको छ । ​

विम्बल्डन र अभ्यास प्रतियोगितामा खेलाडीलाई प्रतिस्पर्धा गर्न रोकेपछि अल इंग्ल्याण्ड लन टेनिस क्लबलाई २ लाख ७ हजार तथा इंग्ल्याण्ड लन टेनिस संघलाई ६ लाख २० हजार पाउण्ड जरिवाना गरिएको हो । 

उनीहरूलाई तुरुन्तै जरिवाना तिर्न पनि भनेको छ । तर, दुवै संघले यसविरुद्ध अपिल गरिने बताएका छन् । अल इंग्ल्याण्ड लन टेनिस क्लबकी प्रमुखसेली बोल्टनले सोमबार पत्रकारसँग भनेकी छन्, ‘गहिरो निराश छ ।’

जरिवानाको बारेमा सोध्दा, उनले भनिन्, ‘मलाई लाग्छ यो कानूनी प्रक्रियाको विषय हो त्यसैले म यसमा केहि विशेष टिप्पणी गर्न सक्दिन ।’

उनले थपिन्, ‘हामी हाम्रो निर्णयमा अडिग छौं, साथै यस्ता कदमबाट निराश पनि ।  म यो समयमा यसबारे थप केही भन्न सक्दिन, मलाई डर छ । तर हामी यसकाविरुद्ध अपिल गर्नेछौं ।’ 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १३:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया