यस्तो छन् प्रदेश १ मन्त्रिपरिषदका निर्णय
'प्रदेशसभा सचिवालयको गाडी दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने'

प्रदेशसभा सचिवालयको सवारी साधनको दुर्घटनाबाट घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले बीमाको रकम अपुग हुने भएकाले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । 

त्यस्तै, मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयअन्तर्गतको कटहरी फलफूल तथा तरकारी संकलन केन्द्र दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । 

बैठकले अख्तियारको कारबाहीमा परेको कम्पनीको सिलबन्दी प्रस्ताव मूल्यांकन प्रक्रियामा समावेश नगर्न निर्देशन दिने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए । 

‘एउटा बोलपत्र आह्वान गर्दा कसैले सिलबन्दी प्रस्ताव गर्नुभएको थियो’ उनले भने,‘अख्तियारले उहाँको कम्पनीलाई सस्पेन्स गरेको कारणले गर्दा यसमा सामेल नगराउने निर्णय गरियो ।’ 

कार्कीका अनुसार बैठकले कृषि मन्त्रालयकै पूरक, संक्षिप्त, संगठन, संरचना तथा कर्मचारी दरवन्दी विवरण, यातायात व्यवस्था निर्देशनालय संगठन संरचना, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको अस्पताल भवन निर्माण पूर्वअनुमति सम्बन्धमा कार्यविधि २०७९ स्वीकृतिसमेत गरेको छ ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १६:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया