\
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक मंगलवार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आए पनि कारोबार रकम ३ महिनायताकै उच्च भएको थियो । सोमबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार, अन्य, लगानी र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि दुईवटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यसैगरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, घलेम्दी हाइड्रोपावरका शेयरमूल्य ६.६० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ३० करोडभन्दा बढी कारोबार गरेर सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । अरुण काबेली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।