बागमती प्रदेश : दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम मंगलबार दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले आर्थिक वर्ष ०७९–८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । 

बागमती प्रदेशसभाको यही असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट सिफारिस ती विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।

आर्थिक वर्ष ०७९–८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजस्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताए ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १८:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया