कांग्रेस पदाधिकारी बैठकमा भातृसंस्थाबारे छलफल

संघीय संसदको आगामी निर्वाचन र भातृसंस्थाका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।

आजदेखि सुरु भएको पदाधिकारी बैठकमा मुख्यतः भातृ तथा शुभेच्छक संस्थामा देखापरेका समस्यादेखि मर्जसम्मका विषयमा छलफल भएको हो ।

प्रवक्ता प्रकाशशरण महतले नयाँ भातृ तथा शुभेच्छक संस्थाका लागि निवेदन आएकाले सोही विषयमा बैठक केन्द्रित भएको बताए । ‘भातृसंस्थाका लागि निवेदन आएका छन्, केहीमा समस्यामा देखापरेका छ, त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता महतले भने । 

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि सो बैठक उपाध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्यको पनि उपस्थिति रहेको थियो । बैठक जारी छ ।





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १८:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया