सडकपेटीको बजार हटाउने अभियानको स्वागतयोग्य : नेवाः जागरण मञ्च

सडकपेटीको बजार हटाउने काठमाडौं महानगरको अभियानको नेवाः जागरण मञ्चले स्वागत गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले मेयर बालेन साहको नेतृत्वमा सडकपेटीको व्यापार हट्न सक्ने विश्वास गरेको छ । 

विज्ञप्तिमा उल्लेख छ, ‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ र यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ ।’

‘काठमाडौं महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा आफूहरुको विश्वास रहेको मञ्चले जनाएको छ । 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २१:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया