बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् ।
आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो ।
सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दु:खी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताएका छन् । उनले राजीनामा पत्रमा भनेका छन्, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ । ’
जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उनले अपेक्षा गरेका छन् । यसैबीच, लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।