निर्माणाधीन त्रियुगा पुल भाँचिएको एक वर्षदेखि अलपत्र

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ । अलपत्र अवस्थामा रहेर १२ वर्ष अघि निर्माण सुरु भएको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।

निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको थियो । बाढीले क्षतिग्रस्त बनाएको उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली गठन गरेको थियो । तर, अझै निर्माणको काम सुरु भएको छैन । 

३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भाँँसिए पछि पुल दुई टुक्रा भएको हो  । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ७:२५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया