हाजिर भएकै दिन ४ करोड धरौटीमा छुटे पूर्वमन्त्री विक्रम पाण्डे

काठमाडौं– भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री विक्रम पाण्डेलाई विशेष अदालतले ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ ।

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।

बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पाण्डेसँग ४ करोड धरौटी माग्ने निर्णय गर्यो । बुधबार रकम नबुझाए पाण्डेका लागि ग्लोबल आइएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेका हुन् ।

अख्तियारको फरार सूचीमा रहेका पूर्वमन्त्री पाण्डेलाई हाजिर हुन विशेष अदालतले १५ दिनको म्याद जारी गरेकोमा उनी म्यादभित्रै अदालतमा हाजिर भएका हुन् ।

कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका पाण्डेविरुद्ध अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको निष्कर्षसहित गत २१ मंसिरमा दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ८० हजार बिगो माग गरेको छ ।

पाण्डेको सिटिसिई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिँचाइ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १८:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया