२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का : बालगोपाल महर्जन [भिडियो]

चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि नेपालले सहभागिता जनाउने २३ खेल मध्येको महिला फुटबल टोलीले दशरथ रंगशालामा अभ्यास गरिरहेको छ । बलिया राष्ट्रसँग राम्रो नतिजा निकाल्ने लक्ष्यसहित महिला टोली अभ्यासमा तल्लिन रहेको हो । 


राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कमै मात्र आयोजना हुने महिला फुटबलले चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ । मिति तय भइसकेको प्रतियोगिता कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भए पनि पदकको आशामा तयारीलाई निरन्तरता दिएको हो । 



विगतका संस्करणमा सहभागितामा सीमित हुँदै आएको नेपाल पदकमुखी हुँदै तयारी गर्न थालेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहभागिता जनाउने सबै खेललाई तयारी थाल्न निर्देशन अनुसार महिला फुटबलले दशरथ रंगशालामा तयारीलाई तीब्रता दिइरहेको हो । 

पहिलोपटक महिला टोली सम्हालेका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले महिला टोलीलाई दैनिक २ घण्टा अभ्यास गराइरहेका छन् । तीन साताको अभ्यासमा टेक्निकल र फिटनेस लेभलमा धेरै सुधार आएको र महिला टोलीलाई एक्स्पोजरको खाँचो रहेको बताए  ।



यो बीचमा महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने निश्चित पनि भइसकेको छ । अभ्यासको क्रममा नेपाली टोलीकी भरपर्दो खेलाडी तथा अघिल्लो खेलमा कप्तानको भूमिका निर्वाह गरेकी रेनुका नगरकोटी चोटग्रस्त हुँदै उपचारमा छिन् । रेनुकाको घाँटीमुनिको बायाँ हड्डी फ्याक्चर भएको छ । 

यसअघि स्ट्राइकर सावित्रा भण्डारी घुँडाको चोटका कारण मैदान बाहिर रहँदा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको थिएन । टोलीलाई गोल गर्ने खेलाडीको निकै कमी महशुस भएको थियो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए ।

रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ । नेपाली महिला टोली विगतको नतिजमा सुधार ल्याउने लक्ष्यका साथ कडा मिहिनेत गरिहेको हो । साथै टोली धेरै भन्दा धेरै प्रतियोगितामा  अनुभव लिएर अन्तर्राष्ट्रिय सहभागितामा पदक ल्याउने योजनामा छ । त्यसका लागि सम्बन्धित निकायले पहल गर्न उत्तिकै आवश्यक छ ।



भिडियो

  • प्रकाशित मिति : २२ असार, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया