अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने तयारी
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेको छ । प्रतिपक्ष दल एमाले त मुख्य एजेण्डा बनाएर सडक र सदनमा मोर्चा निकालेको छ  । 

बाहिरबाट मात्र होइन पार्टीभिबाट पनि अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नका बारेमा नेतृत्वसँग अन्य नेताहरुले वास्तविकता खोजिरहेका छन् । 

चौतर्फी दवाव आएपछि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र सीसीटिभी फुटेज डिलिटबारे छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानबिन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन् । 

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको विषयमा एमालेले अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ ।

आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । एमाले भने अर्थमन्त्रीलाई सुन्न तयार देखिँदैन । 



अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै ओलीले प्रतिनिधिसमा ‘यसरी फुटेज डिलिट गर्न पाइन्छ?फुटेज कस्कोे आदेशमा डिलिट भयो कुर्लिएपछि अर्थमन्त्री काण्डले सामाजिक सञ्जालसमते तातेको छ । 

अहिले आएर प्रतिपक्षदलले मात्र होइन, सत्ता गठबन्धनभित्रबाट पनि केही नेताहरुले झिनो स्वरमा घटनाको छानबिन गर्नुपर्ने माग राख्न थालेका छन भने प्रधानमन्त्री शेरबहादुर देउवा यो विषयमा अहिलेसम्म मौन छन् ।
 



  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १५:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया