सेयर बजारका समस्या लिए गभर्नर अधिकारीलाई भेट्न पुगे दीपेन्द्र अग्रवाल

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले भेटका छन् । उनीहरूबीच राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीति र सेयर बजारबारे कुराकानी भएको छ ।

गभर्नर अधिकारीसँग मौद्रिक नीतिमार्फत सेयर बजारलाई कसरी उत्थान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको अग्रवालले बताए ।

अग्रवालले ४/१२ देखि बैंकहरूले मनमर्जी रेट बढाएकोसम्मका विषयमा गभर्नर अधिकारीसँग गम्भीर रूपमा छलफल भएको बताए । सेयर बजारमा निरन्तर घट्दा लगानीकर्ता निरास बन्दै गएकोबारे गभर्नर अधिकारीलाई जानकारी गराएको उनले बताए । 

छलफलमा गभर्नर अधिकारीले साउनको पहिलो साता मौद्रिक नीति ल्याइने कोशिस गरिरहेको बताउँदै सेयर बजारमा देखिएका समस्याहरू सम्बोधन गर्ने बताएका थिए । साथै उनले समग्र अर्थतन्त्रलाई चलायमान हुने गरी नीति ल्याउने प्रतिबद्धता जनाएका थिए ।

'४/१२, रिस्क वेटेजदेखि, बैंकहरूले मनमर्जी रेट बढाएका लगायतका विषयमा गभर्नरसँग छलफल भएको छ' उनले भने 'छलफलमा गभर्नरले यी कुराहरू सम्बोधन गर्ने प्रयास गर्ने बताउनु भएको छ । आगामी महिनाको पहिलो साता मौद्रिक नीति ल्याइने कोशिस भइरहेको पनि जनाउनुभएको छ । उहाँले समग्र अर्थतन्त्रलाई चलायमान हुने गरी नीति ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।'

गभर्नर अधिकारीलाई भेट्न उनको साथमा लोसपाका नेताहरू पनि राष्ट्र बैंक पुगेका थिए । उनीहरूले गभर्नर अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
 



(दीपेन्द्र अग्रवाल नेपालका परिचित सेयर विज्ञ हुन् । उनको सेयर ज्ञान विथ दीपेन्द्र फरकधारमा अब प्रत्येक साता आइतबार साँझ ७ बजे प्रसारण हुनेछ । त्यसका लागि तपाईंहरु हामीसँग युट्युब र फेसबुकमा जाेडिन सक्नुहुन्छ ।)



हेर्नुहोस् 'सेयर ज्ञान विथ दीपेन्द्र अग्रवाल'​को पहिलो भिडियो

  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १९:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया